
भक्तपुर । ट्रकको ठक्करबाट ट्राफिक प्रहरीको चेकिङमा रोकिएको स्कुटर चालकको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरमा आक्रोशित स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका कारण अवरुद्ध भएको कोटेश्वर-सूर्यविनायक बाटो खुलाउन प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाएको छ ।
बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले रोकिराखोको स्थानमा ठक्कर दिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका थिए ।
दुर्घटनामा मृत्यु हुने महिलाको नामथर र ठेगाना खुलेको छैन । उनलाई ट्रकको चक्काले घिसारेर चेपेको थियो । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रशर्दनकारीले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । प्रदर्शनकारी आक्रामक हुँदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
दुर्घटनापछि करिब यसौँ सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुर र काठमाडौँबाट २ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । प्रहरीले शव उठाएर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै