
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको दाबी गर्नुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले फुट्ने कुरा निराधार रहेको दाबी गर्नुभएको हो ।
उहाँले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताउनुभयो । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको उहाँको भनाइ छ । उहाँले पार्टी एकताबद्ध भएर जाने दाबी गर्नुभयो ।
‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । हो, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्,ु उहाँले भन्नुभयो, खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ ।’
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडितकेन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको उहाँले जिकिर गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै