
काठमाडौँ । थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा छनोट गरेको छ ।
थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि बिहीबार पार्टीले यो घोषणा गरेको हो ।
श्रेथा पार्टीको तेस्रो प्रधानमन्त्री हुनुहुन्छ । उहाँ एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त हुनुभएको छ । ‘हामीले पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री मनोनित गर्ने निर्णय गरेका छौँ’ पार्टीका महासचिव सोरावोङ थिएन्थोङले बैंककमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।
पेटोङ्टार्नलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने कि नगर्नेमा सांसदहरूले शुक्रबार संसद्मा मतदान गर्नेछन् ।
थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ ।
अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिह्नित गरेको छ । यो अवधिको अधिकांश समय थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीविरुद्ध सेना र राजावादी समर्थक संस्थापनद्वारा लामो समयदेखि चलिरहेको सङ्घर्षले बढावा पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै