+

गठ्ठाघरमा स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु, सडक अवरुद्ध

भक्तपुर । ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि कोटेश्वर– भक्तपुर सडक अवरुद्ध भएको छ । 

गठ्ठाघरमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो । 

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्युभएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्कुटरलाई ठक्कर दिने ट्रक स्थानीयले तोडफोड गरेका छन् । 

स्थानीयको अवरोधका कारण भक्तपुरको ६ लेनमा सवारी आवागमन ठप्प भएको छ । अवरुद्ध सडक खुलाउन प्रयास गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच  ढुंगा हानाहान समेत भएको छ । 

दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार चेकिङ गरिरहेका बेला रोकिराखेको बेला ट्रकले ठक्कर दिएपछि स्कुटर केही मिटर परसम्म घिसारिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट