
भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेको हो ।
गाउँपालिकाले यहाँको भूगोलअनुसार खेती विस्तारमा ध्यान दिएसँगै किसानले उत्पादन गरेका कृषि उजपलाई बाह्य बजारसम्म लैजाने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । एम्बुलेन्स खरिद गर्न २८ लाख रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।
‘किसानलाई लक्ष्यित गरेर कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेका छौँ’ उर्हाँले भन्नुभयो– ‘कृषि एम्बुलेन्समार्फत यहाँका कृषि उपजलाई बजारीकरणसँगै ढुवानीका लागि प्रयोगमा ल्याउने लक्ष्य छ ।’ कृषि एम्बुलेन्स सञ्चालनपश्चात करिब चारदेखि पाँच घण्टामा पौवादुङ्माको कृषि उत्पादन धरान, इटहरी, विराटनगरलगायत ठूला सहरमा पुग्ने उहाँले बताउनुभयो । यहाँ धेरै उत्पादनयोग्य क्षेत्र रहेकाले भूगोलअनुसारको खेती विस्तारमा जोड दिइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर १ श्यामशिलामा किबी पकेट क्षेत्र, तिवारीभञ्याङ, बास्तिमलगायत क्षेत्रमा व्यावसायिक अकबरे खुर्सानीसँगै तरकारीखेतीका लागि आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राईले बताउनुभयो ।
किसानलाई कृषिमा जोडेर आत्मानिर्भर बनाउने योजनाका साथ काम गरिरहेका छौँ । किसानले उत्पादन गरेको वस्तुलाई सहजत रूपमा बाह्य बजार पुर्याउने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्न लागेको अध्यक्ष राईले बताउनुभयो ।
‘हामीले विगतका वर्षहरूबाट नै कृषिको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेका छौँ’ अध्यक्ष राईले भन्नुभयो– ‘अहिले अकबरे खुर्सानी तथा किवीले राम्रो उत्पादन दिन थालेको अवस्था छ । यसबाट किसानले राम्रो आम्दानी लिँदै आएका छन् । उत्पादित वस्तुको सहज बजारीकरणका लागि हामी जुटेका छौँ ।’
गाउँपालिकालाई कृषि उत्पादनसँगै दूधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम भइरहेको अध्यक्ष राई बताउनुहुन्छ । किसानलाई लक्ष्यित गरेर आगामी आर्थिक वर्षमा करिब दुई सयवटा गाईका बाच्छी वितरण गर्ने कार्यक्रम अघि सारेको अध्यक्ष राईले बताउनुभयो । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सक्ने सम्भवनालाई ख्यालमा राखेर यो कार्यक्रम सञ्चालनको तयारी थालिएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा महिला विकास बोर्ड गठन गरेर महिलालाई उद्यमशीलतामा जोड्नका लागि कृषिको क्षेत्रमा काम गरिरहेको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रमअन्तर्गत छवटै वडामा कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण