
कैलाली । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उनीहरूका आवश्यकता अनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो ।’ सवडिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरोपीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उहाँले लगाउनुभयो ।
यसैगरी, चुरे गाउँपालिका–५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवारलाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण