
कञ्चनपुर । विपद्जन्य घटना कम गर्ने उद्देश्यले लालझाडी गाउँपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
गाउँपालिकाभित्रका प्राकृतिक तथा गैरप्राकृतिक जोखिमबाट हुनसक्ने क्षति घटाउन आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो । आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएपछि विपदबारे पूर्वसूचना सङ्कलन गरी क्षतिलाई न्यूनीकरण गर्न सकिने गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । गाउँपालिका बाढीजन्य घटनाका जोखिममा रहेकाले यसबारे पूर्वसूचना सङ्कलन गरी जीउधनको सुरक्षा गर्न सकिने अध्यक्ष रानाले उल्लेख गर्नुभयो ।
केन्द्र सञ्चालन गर्न पालिकाले कार्यसञ्चालन कार्यविधि दुई वर्षअघि नै निर्माण गरिसकेको छ । केन्द्र सञ्चालनमा ल्याइए कार्यविधिअनुसार सञ्चालन गरिने छ । गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थानीय विपद् व्यवस्थापन समितिको निर्देशनबमोजिम सञ्चालन हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण