
लमजुङ । यहाँ चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १ झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
क्बलका अध्यक्ष एवं राइनास–२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा शरु गरिएको बताउनुभयो । एम्बुलेन्स खरिद गर्दा रु २० लाख १० हजार खर्च भएको बताउँदै एम्बुलेन्समा बत्तीसहित अन्य उपकरण जडान गर्दा रु चार लाख ३० हजार उहाँले जानकारी दिनुभयो ।
“स्थानीयसमेत रहनुभएका सगरमाथा आरोही शाहीको पहलमा अमेरिका निवासी एरिड हाइपियसले १५ हजार अमेरिकी डलर सहयोग गर्नुभएको छ । क्लबले विभिन्न व्यक्तिबाट चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरेका छौँ”, वडाध्यक्ष शाहीले भन्नुभयो । रु २४ लाख ४० लाख खर्च भएको जनाउँदै रु २३ लाख सङ्कलन भएकामा बाँकी रकम स्थानीय नरेन्द्र शाहीले पछि क्लबबाट लिने गरी उपलब्ध गराउनुभएको उहाँले बताउनुभयो ।
भलायखर्क स्वास्थ्य चौकीको नामबाट एम्बुलेन्स खरिद गरेको क्लबले जनाएको छ । एम्बुलेन्स चालकका लागि सरोज भुजेललाई मासिक रु १५ हजार, एम्बुलेन्स चालक सुविधासहित रोजगारी दिइएको वडाध्यक्ष शाहीले बताउनुभयो । गाउँमा एम्बुलेन्स सञ्चालनमा आएपछि गम्भीर बिरामी पर्दा समयमै स्वास्थ्य चौकी तथा अस्पतालसम्म लैजानलाई सहज भएको स्थानीय बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण