
लमजुङ । सङ्घीय सरकारको ११ करोड १९ लाख रुपैयाँ बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम शुरु गरिएको छ । डुम्रे बेँसीशहर सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो ।
डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरलेले हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मस्र्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माण भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मस्र्याङ्दी नदीबाट सडकसम्म एक सय मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम बाँकी रहेको उहाँको भनाइ छ ।
फेवा कन्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ । कार्यालयका अनुसार सो कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना आगामी पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झैता म्याद छ । मौसमले साथ दिएमा निर्धारित समयमा काम सम्पन्न हुने बताइएको छ ।
त्यस स्थानमा विसंं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक बगाएपछि लामो समयसम्म वैकिल्पक रुपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो । ४२ किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रुपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीशहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीशहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रुहरु यात्रा गर्ने गर्दछन् । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं।२०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो ।
विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो । त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा वर्षेनी जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै