
दाङ । आइतबार बिहान दाङमा भएको यात्रुवाहक बस दुर्घटानामा घाइते भएकामध्ये २७ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार बिहान बस दुर्घटनामा परी घाइते भएकामध्ये २७ जना बिरामीलाई भेरी अस्पताल उपचारका लागि ल्याइएको र उहाँहरुको विभिन्न वार्डमा उपचार भइरहेको भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. सङ्केत रिसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार २७ जना घाइतेमध्ये ४ जना बिरामीको अवस्था गम्भीर छ । अन्य बिरामीको अवस्था सामान्य तथा मध्यम छ । घाइते भएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेको उहाँले बताउनुभयो ।
अस्पतालको इमर्जेन्सी विभाग, अर्थो विभाग तथा न्यूरो विभागले बिरामीलाई उपचार गरिरहेको सूचना अधिकारी डा. रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश घाइतेको मुख, ढाड, टाउको, छाती, हात तथा खुट्टामा चोटपटक लागेको छ ।
बर्दियाबाट दाङ चखौरा भ्रमणका लागि जाँदैगरेको भे १ ख २०४१ नम्बरको यात्रुवाहक बस दाङको तुलसीपुर–अमिलिया सडकखण्डमा आइतबार बिहान दुर्घटना हुँदा ३५ जना व्यक्ति घाइते भएका थिए । घाइते सबै बर्दियाको बढैयाताल गाउँपालिका वडा ६ र ७ का बासिन्दा भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल