
काठमाडौँ । कोटेश्वर–तीनकुने क्षेत्रको बागमती किनारमा वृक्षरोपण गरिएको छ ।
म्यान्मारबाट आउनुभएकी समाजसेवी तुलसी थापाबाट प्राप्त १५ वटा तेजपातको बिरुवा बागमती सफाइ महाअभियानको पाँच सय ८३औँ साताको अवसरमा आज बागमती किनारमा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभएको छ । बागमती सफाइका अभियानकर्मीहरुले पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपात गरी ५० भन्दाबढी पाँच फिट अग्ला वृक्षरोपण गरिएको हो ।
वर्षामा आउने बाढीले बागमती मा जम्मा भएका फोहर बगाएर लैजाने गरेकाले वर्षायाम लागेपछि नदी क्षेत्र सफा देखिने गरेको छ । सफाइमा काठमाडौँ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तन्डुकार, नदी संरक्षण समितिका अध्यक्ष मेघ आले, वरिष्ठ कृषि विशेषज्ञ छवि पौडेल लगायत अभियानकर्मीको सहभागिता थियो । नदी किनारमा भेटिएका नकुहिने फोहर काठमाडौँ महानगरपालिका, वातावरण विभागको गाडीले व्यवस्थापन गरेको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु बागमती सफाइ अभियान अझै जारी छ । बागमती सफाइ महाअभियानबाट प्रभावित भई सहायक नदीमा पनि सफाइ अभियान शुरु गरिएको छ । चक्रपथका उत्तर पश्चिमी भेगमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यका बाहिरका प्रमुख नदीमा सफाइ शुरु भएको छ ।
हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । अर्को साता बागमती सफाइ कोटेश्वर महादेव मन्दिरभन्दा तल बागमती पहेँलो पुल अर्थात् गणेश मन्दिर चोक क्षेत्रमा गरिने जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण