
पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनःनिर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ ।
जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाघाट–दमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नतिका क्रममा डिइँको डाडा क्षेत्रमा बासकोटे खोलाबाट सञ्चालित उपल्लो खनियाघाट सिँचाइ आयोजनाको २५ मिटर लामो नहर पूर्ण रुपमा भत्काइएको थियो । नहर मर्मत नगर्दा स्थानीय कृषकको पाँच सय रोपनीभन्दा बढी खेत यसवर्ष बाँझै रहने भएको छ ।
भत्काइएको नहर पुनःनिर्माण नहुँदा धुले बीउ राखेको भन्दै धान रोपाइँ पनि प्रभावित भएको बासकोटे खोला उपल्लो खनियाघाट सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष विष्णु जिसीले बताउनुभयो । “ठेकेदारले नहर बनाउने सहमतिमा भत्काएका हुन्, अहिले सडक बनाएर गए तर नहर बनाएनन्”, उहाँले भन्नुभयो, “यसअघिका वर्षमा पानी बीउ राख्ने गरेका थियौँ । यसपालि सिँचाइ नहुँदा धुले बीउ राखिएको छ । सिँचाइका लागि नहर नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।”
यहाँका ३३ धुरी कृषकको पाँच सय रोपनी क्षेत्रफलको खेतबारीमा सिँचाइको अभाव भएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । विगतका वर्षमा असारको अन्तिम सातामा उपल्लो खनियाघाटमा आधा रोपाइँ हुने गरेको थियो । विसं २०६१ मा मार्ग खोलिएको खनीयाँघाट–डमुवाखोला–नाग्लीवाङ सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि गत मङ्सिरमा साहना–सक्षम निर्माण कम्पनीले रु एक करोड ३३ लाख ५५ हजार दुई सय १८ मा ठेक्का सम्झौता गरेको थियो ।
यसअघि चार मिटर फराकिलो रहेको सडकलाई विस्तार गरेर छदेखि सात मिटर फराकिलो बनाइनुका साथै छ सय ६४ मिटर ढलान र नाली, एक सय पाँच घनमिटर पलम पर्खाल, एक सय ३० घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पीडित कृषकहरुले केही दिनअघि वडा कार्यालय र गाउँपालिकामा नहर मर्मत गरी सिँचाइ नियमित गराउन अनुरोध गर्दै निवेदन दिएका थिए । सडकले नहरमा पु¥याएको क्षति अनुगमनका लागि गएका जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य र वडाध्यक्ष हरिविकास जिसीलाई निर्माण कम्पनीका प्रतिनिधिले पाइपलाइन जडान गरेर सिँचाइका लागि पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि काम हुन नसकेको कृषकले गुनासो गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन