
बागलुङ । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा पश्चिम बागलुङबाट जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पोखरा, काठमाडौँसहित ठूला सहरबाट बागलुङको बुर्तिबाङसहित रुकुम–पूर्व, जाजरकोट, रुकुम–पश्चिम सञ्चालन हुने सवारीसाधान ठप्प हुँदा यात्री बीच सडकका अलपत्र परेका हुन् ।
प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभएको छ । वर्षा हुँदा वित्तिकै सडक माथिदेखि लेदोसहितको पहिरो खस्दा लोकमार्ग अवरुद्ध हुँदै आएको उहाँले बताउनुभयो ।
“लोकमार्ग बिहानैदेखि अवरुद्ध छ, अहिले खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा सञ्चालन हुने यातायताका साधान ठप्प भएका छन्, यहाँ वर्षा हुँदा वित्तिकै पहिरो खस्ने समस्या भएकाले यात्रीले सास्ती खेप्नुपरेको छ”, प्रहरी उपरीक्षक कँडेलले भन्नुभयो । लोकमार्गको निसीखोला गाउँपालिका–४ कालापैरामा पनि लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण