
बागलुङ । पहिरोले बागलुङ नगरपालिका–१० भकुण्डेस्थित स्वास्थ्य चौकीमा क्षति पुगेको छ । स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको छ । स्वास्थ्य चौकीको आधा भाग पुरिएपछि स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्दैआएका छन् ।
स्वास्थ्य चौकीभन्दा माथिको जग्गामा चिरा परेकाले अझै पहिरो खस्ने खतरा रहेको स्वास्थ्य चौकीका प्रमुख उमेश सर्वुजाले जानकारी दिनुभयो । करिब एक सय मिटर माथिदेखि पहिरो खसेको छ । जोखिम मोलेर बिरामीको उपचार गर्नुपरिरहेको प्रमुख सर्वुजा बताउनुहुन्छ । गत वर्ष मात्रै निर्माण सम्पन्न भएको उक्त स्वास्थ्य चौकी भवन जोखिममा परेपछि सेवा प्रवाहमा समस्या हुन थालेको उहाँले बताउनुभयो । निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उहाँ बताउनुहुन्छ ।
“पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,” प्रमुख सर्वुजाले भन्नुभयो, “दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गनुपर्ने अवस्था छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण