
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ ।
जिप्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका जानकारी दिनुभयो । फार्मका तीनवटा कोठामा विद्युत् आपूर्तिमा समस्या भएपछि कुखुरा मरेका हुनसक्ने उहाँले बताउनुभयो ।
“वातानुकुलित ९एसी० जडान गरिएको फार्ममा बिहीबार रातिदेखि विद्युत् आपूर्तिमा समस्या आएको रहेछ”, प्रनाउ पौडेलले भन्नुभयो, “अक्सिजनको कमी तथा गर्मीका कारण कुखुरा मरेको भन्ने सञ्चालकको भनाइ छ ।” टण्डनले पाल्नुभएको कुखुराको बीमासमेत नभएको उहाँले बताउनुभयो ।
“बीमा कम्पनीले सरकारबाट पाउनुपर्ने प्रिमियम नपाएपछि पक्षी बीमा रोकिएको रहेछ”, पौडेलले भन्नुभयो, “त्यसैले कुखुराको बीमा भएको देखिएन ।” फार्ममा रहेका अन्य धेरै कुखुरा समेत झोक्राइरहेको भन्दै ती कुखुरा समेत मर्नसक्ने सञ्चालकलाई उदृत गर्दै पौडेलले बताउनुभयो ।
मरेका कुखुराको सङ्ख्या एकीन गर्न फार्म सञ्चालक, स्थानीय जनप्रतिनिधि र प्रहरीहरु खटिएका छन् । गर्मीका कारण वा कुनै रोगको सङ्क्रमणले ती कुखुरा मरेका हुन कि ? बारे अनुसन्धान भइरहेको प्रनाउ पौडेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै