
बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् ।
सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए । हाल बाढी जोखिम कम भएसँगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो– सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।’
बर्सातका समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दा हरेक वर्ष समस्यामा पर्ने गर्दछन् । सिगास –५ का हरडाखानी, लाम्बगड, लोडे, सिगास – ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा हुने गरेको छ ।
यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास –५ ढुङ्गाड लगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा क्षति गरेको थियो । यसैबीच असार २० गतेदेखिको वर्षाले यहाँका पाँचवटा घरमा क्षति पुगेको थियो । दुई पशुचौपाया मरे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण