
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार छाड्ने दिन नजिकिँदै गर्दा दिवंगत पत्नी सीता पौडेल दाहाललाई सम्झिनुभएको छ ।
प्रधानमन्त्री दाहाल भोलि शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्नुभएको छ । तर अहिलेसम्मको राजनीतिक घटनाक्रम हेर्दा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने अवस्था छैन । प्रतिनिधिसभामा विश्वासको मत नपाएर प्रधानमन्त्री पद गुमाएपछि दाहालले प्रधानमन्त्री निवास बालुवाटार अब केही दिनमै छोड्नुपर्ने हुन्छ । प्रधानमन्त्री दाहालले बालुवाटार छाड्नुअघि बिहीबार दिवंगत पत्नी सीताको झलझली सम्झना गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहालले पत्नी गुमाएको आज १ वर्ष पुगेको छ । दिवंगत सीता पौडेल दाहालको प्रथम स्मृति दिवसमा आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलि अर्पण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उहाँका परिवारका सदस्यले दिवंगत सीताको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नुभएको छ ।
श्रद्धाञ्जलि कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
प्रधानमन्त्रीको सचिवालयका सदस्य, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिति थियो । माओवादी नेतृ सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले युद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेतृ सीता परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहनुहुने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकतावद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गर्नुभयो । नेतृ दाहाल माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँ २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । विसं २०५२ देखि पार्टी अध्यक्ष दाहालले नेतृत्व गर्नुभएको द्धमा सहभागी हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण