
अछाम। जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएका यहाँका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएको थियो ।
आज एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभयो ।
जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई रु ६७ लाख रकम प्रदान गर्नुपर्नेछ तर जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका एकजनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा रु १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख पाध्यायले जानकारी दिनुभयो । अन्य घाइते, मृतक र जङ्गली जनावरले क्षति पुर्याएका किसानको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने उहाँले बताउनुभयो ।
अन्नबालीमा चार सय १३ जना किसानको रु १७ लाख ६४ हजार आठ सय, पशुधनतर्फ ७७ जना किसानको रु २८ लाख रकम राहत दिन बाँकी छ । आव २०७८/७९ देखि हालसम्म जङ्गली जनावरको आक्रमणबाट अछाममा दुईजनाको र १९ जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण