
बैतडी । राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोदसिंह विष्ट युवा पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत हुनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले राससकर्मी विष्टलाई ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । सिंहदरबारमा आज एक कार्यक्रमबीच मन्त्रालयका सचिव सुमनराज अर्यालले विष्टलाई खादा, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।
युवा सरोकारका विषयमा नेपाली छापा पत्रपत्रिका, रेडियो र अनलाइन समेतबाट समाचार सम्प्रेषण गरी युवा विकासमा पु(याएको महत्वपूर्ण योगदानको कदर गर्दै विष्टलाई पुरस्कारसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवेदन आह्वान गरेको थियो । देशभरबाट प्राप्त आवेदनमध्येबाट मन्त्रालयले मूल्याङ्कन गरी पुरस्कारका लागि विष्टलाई छनोट गरेको थियो । पत्रकार महासङ्घ बैतडीका सहसचिवसमेत रहनुभएका विष्टले पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै पेसाप्रति थप जिम्मेवार बन्न र पेसामै रहिरहन ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका पत्रकार विष्ट १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण