
कञ्चनपुर । तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका–३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ ।
वडा नम्बर ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि पुल नदीको उच्च जोखिममा परेको हो । तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताउनुभयो । ‘पुल नजिकैबाट नदीले जग्गा कटानी गरिरहेको छ’ उहाँले भन्नुभयो– ‘तत्काल जोगाउन प्रयास थालिनुपर्छ ।’ वडा नम्बर २ र ३ का बासिन्दाको नदी तर्ने एक मात्रै विकल्पका रुपमा उक्त झोलुङ्गे पुल रहेको उहाँले उल्लेख गर्नुभयो ।
वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले पुल जोखिममा परेको जानकारी नगरपालिको बिहीबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकमा जानकारी गराउने बताउनुभयो । वडा कार्यालयसँग पुल जोगाउन तटबन्ध निर्माणका लागि आवश्यक बजेट नभएकाले नगरपालिकासँग सहकार्य गरी विकल्प खोजिने उहाँले बताउनुभयो ।
‘तटबन्ध निर्माणका लागि प्रदेश सरकारसँग माग गर्न ‘डेलिगेसन’ सहित जाने कार्यक्रम छ’ वडाध्यक्ष चौधरीले भन्नुभयो– ‘तत्काल पुल जोगाउन अस्थायी प्रबन्ध गर्न योजना बनाइरहेका छौँ । नगर तथा विपद् व्यवस्थापन समितिलाई तत्काल जानकारी गराउने छौँ ।’
स्याली र सनवोरा नदीले वडाका अधिकांश खेतीयोग्य जग्गा कटान गरेको बताउँदै वर्षा पूरै बाँकी रहेको अवस्थामा थप कटान हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल भइरहेको उहाँको भनाइ छ ।
पुल विसं २०७३ मा ७० लाख रुपैयाँको लागतमा निर्माण भएको थियो । पुलको लम्बाइ एक सय मिटर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण