
बाँके । बाँकेका लोपोन्मुख तथा अति पिछडिएका जातजातिको आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेद्वारा यहाँ एक कार्यक्रम गरी अति पिछडिएका नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका एक सय परिवारलाई बाख्रा वितरण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवले लोपोन्मुख जातिका रुपमा रहेका किंङ्गघरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रतिपरिवार तीनवटाको दरले सय परिवारलाई बाख्रा वितरण गर्नुभयो । मन्त्री यादवले प्रदेश सरकारले लोपोन्मुख तथा अति विपन्न समुदायको जीवनस्तर उकास्न उनीहरुको आयआर्जन वृद्धि गरी सबल बनाइने बताउनुभयो ।
आयआर्जनका लागि नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० र २२ कासाथै डुडुवा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ का हरेक वडाबाट २० परिवारको छनोट गरेर बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण