+

कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कालीकोट । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । 

पहिरोले गएको शुक्रबारदेखि बन्द  राजमार्ग आज अपराह्नदेखि एकतर्फी खुला भएको हो । जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।

राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधन खुला गरिएको कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट