
मनाङ । अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पुर्याएको छ । नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल आज बिहान भत्किएको छ ।
विसं २०७८ जेठ १४, २९ र असार १ मा मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो । पर्खाल लगाएको तीन वर्षपछि आज भत्किएको हो । क्षेत्रमा मस्र्याङ्दी नदीको बाढीको वेग सिधा पर्ने र प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।
मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले गाउँको माथिल्लो क्षेत्र तथा गाउँमा बाढी पस्ने ठाउँमा लगाइएको पर्खाल भत्किएको जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव बढेमा पर्खालमा अझ बढी क्षति पुग्नसक्ने अवस्था रहेको छ ।
उहाँले भन्नुभयो– ‘पहिला जोखिमबाट गाउँलाई जोगाउनु प्रमुख थियो । त्यसैले तत्कालका लागि पक्की बनाउने गरी बेस बनाउन सकेनौँ अहिले पर्खाल भत्किन पुगेको छ ।’
अहिलेको जोखिमलाई रोक्ने र बस्तीलाई सुरक्षित बनाउन स्थानीय तथा प्रहरीको सहयोगमा पर्खाल मर्मतको काम भइरहेको प्रजिअ लामिछानेले बताउनुभयो । मनसुनको सुरुआतमा नै क्षति व्यहोरेको मनाङमा वर्षा बढी भएमा अझै त्यस क्षेत्र अझै जोखिम बढ्नसक्ने उहाँको भनाइ छ ।
असार १७ गते अविरल वर्षा भएपछि १८ गते चामे गाउँपालिका–१ तिमाङ झरनामा बाढीसँगै आएको ढुङ्गा तथा गेग्रानले मोटरेवल पुलमा क्षति पुगेको थियो । मोटरेवल पुलमा क्षति भएपछि पूर्णरुपमा डुम्रे–बेँशीशहर–चामे सडक अवरुद्ध छ । लघु जलविद्युत् नजिकैको तिमाङ खोलाले काठेपुल बगाउँदा आवतजावत गर्ने एक मात्र सडक अवरुद्ध छ । यहाँको मोटरेवल पुल तथा काठेपुल भत्किँदा तल्लो मनाङका स्थानीय सदरमुकाम आवतजावत गर्नसक्ने अवस्था नरहेको प्रजिअ लामिछानेले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘वर्षा कम र झरनाको बाढी कम भएपछि मात्रै मर्मत तथा निर्माण थाल्ने अवस्था छ । यसको मर्मत तथा निर्माणका लागि चाइना कम्पनीले सहयोग गर्ने मौखिक प्रतिवद्धता जनाएको छ ।’ मौसममा सुधार भएपछि काम थाल्ने भएको उहाँले बताउनुभयो । खाद्यान्न तथा औषधिको अभाव हुन नदिन लागिपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै