
लेखनाथ सिकारु
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले आमाको काजकिरियामा रहँदा समेत कार्यालयको काम संचालन गर्नुभएको छ ।
अधिकारीले आर्थिक वर्षको अन्तिम समयमा सेवाग्राहीलाई समस्या नपरोस भन्ने उदेश्यले आमाको काजकिरियामा रहँदा समेत पालिकाको काम गर्नुभएको हो ।
अधिकारीकी आमा मेनकादेवीको निधन भएको आज ७ दिन भएको छ । ‘आर्थिक वर्षको अन्तिम अवस्था छ, काम सकेर भुक्तानी पाउनुपर्ने अवस्थामा सेवाग्राहीलाई दुख नहोस भन्ने उदेश्यले किरिया पुत्री अवस्थामै समेत प्रशासकीय काम गरिरहेको छु’ उहाँले भन्नुभयो ।
उहाँले आइतबारकाजक्रिया बसिरहेका बेलामा पनि सम्बन्धित कर्मचारीलाई सबै फायल लिएर आउन भन्नुभएको थियो । त्यसपछि प्रक्रियामा रहेका कामकाजको भुक्तानी सदर गर्नुभएको हो । भुक्तानी प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको दस्तखत अनिवार्य रहने गरेको छ ।
‘मैले सम्बन्धित कर्मचारी साथीहरुलाई प्रक्रियामा रहेका सबै फायल लिएर आउन भनेको थिएँ, प्रक्रियामा पुगेका कामकाजको भुक्तानी सदर गरेको छु’ उहाँले भन्नुभयो । काजकिरिया र सुत्केरी समयमा कानुनले बिदा दिएकै भएपनि आफ्नो दायित्व र समुदाय र सेवाग्राहीप्रतिको उत्तरदायित्वलाई ख्याल राखेर काम गर्नुपरेको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण