
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिरोपीडितलाई सूर्य नेपाल प्रालिले सहयोग गरेको छ ।
गत शनिबार पहिरोगएर पीडित भएका ६ परिवारलाई सूर्य नेपालले सोमबार खाद्यान्न, लत्ताकपडा, टेन्ट लगायत सामग्री सहयोग गरेको हो ।पहिरोबाट पीडित भएकालाई कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको सूर्य नेपाल प्रालिका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले जानकारी दिनुभएको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, सूर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्की लगायत उपस्थितिमा पहिरोपीडितलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
पहिरोले घर पुरिएर आइतबार तीनजनाको मृत्यु भएको थियो । पहिराले पुरिएर ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको मृत्यु भएको थियो । पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नदी तथा खोलाका तटीय क्षेत्र, भिरालो जमिन र कमजोर भूधरातल भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्क रहन आग्रह गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण