
नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ ।
चालु आर्थिक वर्ष ०८०र८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो ।
नगरपालिकाले गर्भवतीका लागि निःशुल्क रूपमा भिडियो एक्स–रे, एम्बुलेन्स सेवा, पोषण झोला वितरण, महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बीमा, घरदैलोमा नै पुगेर स्वास्थ्य परामर्श र सामुदायिक विद्यालयका छात्रालाई स्यानेटरी प्याड वितरणजस्ता काम गरेको उहाँले बताउनुभयो । ‘नगरपालिकाले घरदैलो भिडियो एक्स–रे कार्यक्रमअन्तर्गत नगरभित्रका आठ स्थानबाट गर्भवतीको निःशुल्क अल्ट्रासाउन्ड सेवा र निःशुल्क क्याल्सियम चक्की वितरण गरेको छ । चालु आवमा आठ सय ८२ जनालाई सोसेवा प्रदान गरेको छ’ नगरप्रमुख यादवले भन्नुभयो ।
नगरपालिकाले चालु आवमा ४४ गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको र २३ जनालाई थप उपचारका लागि अन्यत्र पढाएको छ । स्वास्थ्य शाखाकानुसार गत वर्ष ६ सय १९ गर्भवती र २ सय ७६ सुत्केरी गरी ८ सय ९५ जनालाई पोषण झोला वितरण भएको थियो ।
रामग्राम नगरपालिकाले चालु आवदेखि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि निःशुल्क स्वास्थ्य बीमा पनि गरिदिएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । घरमै पुगेर सुत्केरी आमा र बच्चाको जाँच तथा परामर्श, विद्यालय स्वास्थ्य शिक्षा, कुपोषित बालबालिका, कुष्ठरोगी तथा क्षयरोगका बिरामीको खोजपडताल कार्यक्रम सञ्चालन गर्दै आएको पनि उहाँले बताउनुभयो ।
यसैगरी सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क स्यानेटरी प्याड वितरणकार्य भइरहेको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण