
बाँके । डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी–९ मा वनक्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरेको छ । राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर नर्सरी निर्माण गरिएको हो । नर्सरीमा उच्च गुणस्तरीय बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।
“गाउँपालिका, वडा कार्यालयलगायतको सहयोगमा अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माण गर्न सफल भएका छाँै”, उहाँले भन्नुभयो, “हाइटेक नर्सरीको टर्मिनेशन च्याम्बरमा बहुवर्षीय ठूला जातका बिरुवा आठ हजार र साना जातको बिरुवा २० हजार हुन्छ, बाहिर सामान्य नर्सरीमा ५० हजार बिरुवा उत्पादन गर्ने क्षमता रहेको छ ।”
एकीकृत भूपरिधि परियोजनाको रु ३५ लाख बजेट लगानीमा नर्सरी तयार गरिएको हो । अहिले निर्माण भएको नर्सरीमा अझै दुई–तीन तह स्तरवृद्धि गरेर पूर्ण हाइटेक नर्सरी बनाउने योजना रहेको सुवेदीले बताउनुभयो ।
ढकेरी हाइटेक नर्सरीलाई लक्ष्यित गरी यो वर्ष शम्शेरगञ्जमा १६ हजार बिरुवा उत्पादन गरिएको छ । आगामी भदौमा ती बिरुवालाई शम्शेरगञ्जबाट ढकेरी हाइटेक नर्सरीमा सारिने र अर्को वर्षदेखि उक्त नर्सरीमै बिरुवा उत्पादन गरिने वन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माणकार्यले वनक्षेत्र संरक्षण र बिरुवा उत्पादनको दोहोरो फाइदा भएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा पनि हाइटेक नर्सरीको संरचना निर्माण भएको छ । आगामी वर्षदेखि ढकेरी र नरैनापुर हाइटेक नर्सरीबाटै बिरुवा उत्पादनको काम हुनेछ ।
“चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनेका २७ घरटहरा हटाएर १३ जनामाथि मुद्दा दायर भएको छ”, उहाँले भन्नुभयो, “अन्य स्थानको वनक्षेत्रमा विगतमा भएको अतिक्रमण हटाउने र नयाँ अतिक्रमण हुन नदिने योजनाका साथ काम भइरहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय