
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ । विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ ।” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पूजापाठ गरी कामकाज सुरु गर्नुभएको हो ।
आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो, “नेपाल आयल निगम परिसरकै दुई रोपनी जमिनमा रु ७२ करोडमा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी भवन निर्माण हुँदैछ ।” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नयाँ बानेश्वरबाट सेवा प्रवाह गर्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण