
सिरहा । लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न प्रविधिमैत्री सामग्री वितरणमा जोड दिएको छ ।
यसैगरी जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यायलयको भौतिक संरचना निर्माण र स्तरोन्नत्तिमा ध्यान दिन आग्रह गरिएको छ ।
नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यवहारिक र प्रविधिमैत्री बनाउनका लागि १ विद्यालय १ कम्प्युटर प्रयोगशाला, १ कक्षा १ शिक्षक र प्रति कक्षा पङ्खाको अवधारणा लागू गर्न आर्थिक वर्ष २०७९/८० मा ६ करोड रुपैयाँ र चालू आर्थिक वर्ष २०८०/८१ मा ८ करोड रुपैयाँ विनियोजन गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।
नगरप्रमुख चौधरीका अनुसार यस वर्ष ३ सय ३० बेन्च र ३६ कम्प्युटर तथा प्रिन्टर वितरण गरिएको छ । विद्यालयको शैक्षिक सुधारलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । ‘प्रविधिमैत्री बनाउन र साधनस्रोत कम भएका विद्यालयलाई आवश्यकताका आधारमा नगरले सहयोग गर्दैआएको छ’ उहाँले भन्नुभयो ।
एक विद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत १ सय २५ स्वयम सेवक शिक्षक भर्ना गरिएको छ । नगरका ५९ सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर सुधार गर्न प्रयत्नशील रहेको नगरप्रमुख चौधरीले बताउनुभयो ।
शहीद रमेश महतो आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले नगरपालकाको नियमित अनुगमनबाट शैक्षिक सुधार गर्न हौसला मिलेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण