
झापा । दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पुर्याउने उद्देश्यले १ लाख ५० हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रीता बस्नेत श्रेष्ठले स्वर्गीय ससुराबुवा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा कोष स्थापना गर्नुभएको हो । क्याम्पसका पूर्वकर्मचारी हरिकृष्ण तिम्सिनाले आफ्ना मातापिताको सम्झनामा ५१ हजार रुपैयाँको स्वर्गीय नरपति–विष्णुमाया तिम्सिना स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गर्नुभएको क्याम्पसका प्रशासन प्रमुख पदम घिमिरेले जानकारी दिनुभयो । क्याम्पसमा विभिन्न दाताबाट हालसम्म एक दर्जनबढी अक्षय कोष स्थापना गरिएका छन् ।
क्याम्पसको वातावरण सेलले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, वातावरण सेलका संयोजक वासुदेव काफ्ले, स्ववियु सचिव दीपक लिम्बू, स्ववियु सदस्य सञ्जय राई, क्याम्पसका प्राध्यापक, विद्यार्थीलगायतको उपस्थिति थियो । वृक्षरोपण कार्यक्रममा क्याम्पस परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण