
मुगु । कर्णाली प्रदेशका ५ जिल्लामा एक सातादेखि यातायात सेवा अवरुद्ध भएको छ । लगातारले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् ।
यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।
छायाँनाथ रारा नगरपालिका–११ का नौलासिंग नेपाली अत्यावश्यक कामले सुर्खेत जानुपर्ने भए पनि गाडी र विमानस्थल दुवै नचल्दा रोकिएको बताउनुहुन्छ । असार २२ गते शिक्षक सेवा आयोगको परीक्षा दिन जाने तयारीमा रहनु भएका छायाँनाथ रारा नगरपालिका–१० तल्लेखका स्थानीय मोहन शाहीको परीक्षा छुट्यो । उहाँ जस्ता धेरैको परीक्षा छुटेको छ ।
परीक्षा मात्र होइन यातायातका साधन नचल्दा उपचार गर्न जाने बिरामी र प्रदेश तथा सङ्घीय राजधानी जाने कर्मचारी जिल्लामै रोकिनुपरेको छ । दैनिक उपभोग्य र निर्माण सामग्री बोकेका गाडी बीच बाटोमै रोकिएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढा बताउनुभयो । उहाँले भन्नुभयो– ‘वर्षाले अवरुद्ध यातायात सेवा अझै नखुल्ने हो भने बजारमा दैनिक उपभोग्य वस्तु अभाव हुन सक्छ ।’
सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटिका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डमा खोला, एसमोड, झाम्ला खोला, दही खोला, हुल्म र दैलेखको पातरखोला लगायत १२ स्थानमा पहिरा, बाढी र लेदो आउँदा सडक अवरुद्ध छ । अवरुद्ध भएको स्थानमा सडक डिभिजन कार्यालय जुम्लाले अवरोध पन्छाउन स्काभेटर प्रयोग गरिरहेको जनाएको छ ।
सडक मात्र अवरुद्ध नभइ मौसम सुधार हुननसक्दा हवाई सेवा पनि ठप्प भएको हो । मौसम सुधार नभएकै कारण मुगुको रारा, हुम्लाको सिमिकोट, जुम्लाको जुम्ला र डोल्पाको जुफाल विमानस्थलमा एक सातादेखि जहाजले उडान भर्न नसकेको नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले जानकारी दिनुभयो ।
रिजालका अनुसार उडान बन्द भएपछि यात्रु विमानस्थलमै रोकिएका छन् । उपचारका लागि छिटो शहर पुग्नुपर्ने बिरामीहरु सबैभन्दा बढी मारमा परेको स्थानीय कुशलराज मल्लले बताउनुभयो । लगातारको वर्षाले गाउँगाउँबाट पालिका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने ग्रामीण सडकसमेत् अवरुद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन