
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ४. जावालाखेलस्थित ऐतिहासिक (जरुँहिटी) उत्खनन गरेर पुनःनिर्माण गरिएको छ ।
ऐतिहासिक धारा (जरुँहिटी) ललितपुर महानगरले पार्क निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएकाले ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा पुनः निर्माण गरिएको हो । ताम्राकार समाजले बाटो हिँड्नेलाई पानी पिउन सहजताको लागि परम्परागत रुपमा निर्माण गरिएको धारा ४ सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिनुभएको छ।
उहाँको अनुसार हाल ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित शुद्ध पिउने पानी स्वचालित रुपमा सञ्चालित छ । ललितपुर महानगरपालिका–४ जावलाखेल मोसिख्योमा पार्क निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि ताम्राकार समाजसँगको सहकार्यमा धारा (जरुँहिटी) को पुनःस्थापना गरेको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमा ताम्राकार समाजले नै धाराको संरक्षण गर्नेछ ।’
महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुशी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो । जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नलाई तिर्खाएकोबेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण