+

बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा


काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । 

सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

सङ्क्रामक रोगको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तिपाइले स्क्रबटाइफस, कालाजार, रुबेला लगायत रहेका छन् । 

सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताउनुभयो । उहाँले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचीकृत गरिएको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट