
जलेश्वर । डिभिजन वन कार्यालय महोत्तरीले ४ लाख ५० हजार बिरुवा वितरण गर्ने भएको छ ।
डिभिजन वन कार्यालयबाट प्रत्येक वर्ष असारमा बिरुवा वितरण हुँदै आएको छ । यस वर्ष अघिल्लो वर्षभन्दा धेरै बिरुवा वितरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष कुमार झाले बताउनुभयो ।
प्रमुख झाका अनुसार कार्यालयले यसवर्ष २० देखि २२ प्रजातिका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ । इच्छुक सेवाग्राहीका लागि यसवर्ष साल, टिक, मलेसियन साल, सतिसाल, अमला, अर्जुन, पारिजात, सहिजन, अम्बा, राजवृक्ष, मोहवनी, कटहर, सनी, बडहर, सनि कटिङ्ग, डाले घाँस, मेवा, कागती, खयर, जामुन, मसला लगायतका बिरुवा उत्पादन गरेको नर्सरी स्याहारकर्ता सुकेश्वर यादवले बताउनुभयो ।
उहाँले यस वर्ष अन्य वर्षभन्दा धेरै बिरुवा उत्पादन गरिएको र किसानले आवश्यकता अनुसार बिरुवा लैजान पाउने बताउनुभयो । डिभिजन वन कार्यालयले पहिलो पटक ठूलो सङ्ख्यामा बिरुवा वितरण गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै