
कैलाली । जिल्लाको टीकापुर नगरपालिकाले दलित समुदायका विद्यार्थीलाई विद्यालय पोशाक निःशुल्क वितरण गरेको छ ।
नगरपालिकाले टीकापुरका आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ८५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको हो । टीकापुरको राजिपुरकी हिरा नगार्जीको कक्षा ७ मा पढ्ने नातिको यसअघि एक थान विद्यालय पोशाक थियो । पालिकाले एक थान पोशाक उपलब्ध गराएको छ । ‘वर्षाको फेर्ने पोशाक नहुँदा सास्ती हुँदै आएको थियो । अब फेरेर लगाउन सहज हुनेछ’ उहाँले भन्नुभयो ।
जवाकला विकका चार नातिनातिना छन् । दुईजनाले पोशाक पाएपछि विद्यालय पठाउन सहज भएको उहाँले बताउनुभयो । ‘छोराबुहारी छैनन् । आफूलाई खाना तथा अन्य आवश्यक सामग्रीको जोहो गर्न समस्या भएको अवस्थामा पालिकाले पोशाक वितरण गरेपछि खुशी लागेको छ’ उहाँले भन्नुभयो ।
पोशाक वितरण गर्दै नगरप्रमुख रामलाल डगौँरा थारुले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकले शिक्षामा ध्यान नदिएको, बालबालिकाका लागि समय दिन नसकेको गुनासो गर्नुभयो । ‘बालबालिका पछाडि पर्नु भनेको राज्य पछाडि पर्नु हो । उनीहरुलाई पर्याप्त समय दिनुपर्छ’ उहाँले भन्नुभयो– ‘अभिभावक पनि जिम्मेवार बन्नुपर्छ । विपन्न परिवारलाई पोशाक तथा शैक्षिक सामग्री स्थानीय सरकारले उपलब्ध गराउने छ ।’
प्रमुख प्रशासकीय अधिकृत दमनसिँह चौधरीले अव्यवस्थित बसोबास रहेको क्षेत्रमा पालिकालाई सहयोग गर्न केही असहज हुने धारणा राख्नुभयो । ‘शिविरमा रहेका बालबालिकालाई सहयोग गर्न कठिन छ’ उहाँले भन्नुभयो, ‘अभिभावकले बालबालिकाको शिक्षामा ध्यान दिएमा नगरपालिका तथा अन्य निकायमार्फत सहयोग गर्नेछौँ ।’
कार्यपालिका सदस्य दीपक निसानीले दलित बालबालिका पोशाक अभावमा विद्यालय जानबाट वञ्चित नहुन भनी पोशाक वितरण गरिएको बताउनुभयो । ‘आगामी वर्ष पनि शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेका छौँ’ उहाँले भन्नुभयो– ‘विपन्न दलितका बालबालिकालाई पोशाक सहयोगले हौसला मिल्ने अपेक्षा गरेका छौँ ।’
कार्यक्रममा कर्णालेश्वर आधारभूत विद्यालयका अध्यक्ष चन्द्रप्रसाद भण्डारीले सिमान्तकृत, पछाडि परेका वर्गीय, जातीय समुदायका बालबालिकालाई आवश्यकतका आधारमा सहयोग गरिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण