
काठमाडौँ । कोरियन पप सङ्गीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के–पप वर्ल्ड फेस्टिभल’ सम्पन्न भएको छ ।
सन् २०११ देखि दक्षिण कोरियाको छाङ्वोन सहरमा आयोजना हुने ‘के–पप वल्र्ड फेस्टिभल’लाई लक्ष्यित गर्दै नेपालमा सन् २०१६ देखि कोरियाली राजदूतावासले के–पप क्षेत्रीय प्रारम्भिक चरणको कार्यक्रम आयोजना गर्ने गरेको छ ।
नेपालमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपालस्थित गणतन्त्र कोरियाली राजदूत पार्क ताय–योङले स्वागत मन्तव्यका क्रममा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ स्वर्ण जयन्तीका अवसरमा के–पपका साथसाथै कोरियाली भाषा, संस्कृतिको माध्यमबाट कोरिया र नेपालबीच जनस्तरको सम्बन्ध मजबुत हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरियाली संस्कृतिप्रति नेपाली जनतामाझमा एक अद्वितीय सद्भाव छ । यहाँ के–पप मात्र नभई भाषा, नाटक र परिकारका लागि पनि ठूलो लगाव छ । कोरियाप्रतिको सद्भाव, कोरियाली भाषा, संस्कृतिप्रतिको सम्मानलाई मध्यनजर गर्दै थप सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका लागि दूतावासले विभिन्न सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको छ ।”
उहाँले कोरियाको छाङवोन सहरमा हुने अन्तिम प्रस्तिस्पर्धामा नेपाली समूह सहभागी हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो । यसवर्ष प्रारम्भिक चरणको छनोट प्रक्रिया अनलाइनमार्फत गत जेठ २३ देखि यही असार ९ गतेसम्म आयोजना गरिएको थियो । जहाँ ३० भन्दा बढी टिमले आफ्नो रोजाइको कोरियन पप सङ्गीतमा तयार गरिएको गायन तथा नृत्यको श्रव्यदृश्य पठाएर प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यसमध्ये नृत्य समूह, एकल नृत्य, गायनसहित छनोट भएका बाह्र टोलीले आज भएको महोत्सवमा आफ्नो प्रस्तुति दिए ।
उनीहरुमध्ये समूह नृत्यतर्फ अरेलिया समूह, गायनतर्फ अञ्जली नेपाली र एकल नृत्यतर्फ सम्राट सुनुवार छनोट हुनुभयो । छनोट भएकाको प्रस्तुतिको श्रव्यदृश्यलाई अन्तिम मूल्याङ्कनका लागि कोरिया पठाइने छ । उल्लेखित तीनमध्ये छनोट हुनेले कोरियामा हुने ‘के–पप वर्ल्ड फेस्टिभल’ आफ्नो प्रस्तुति दिँदै प्रतिस्पर्धा गर्न पाउनेछन् ।
पछिल्लो समय सन् २०१६ मा नेपालबाट मङ्गोलियन नाम्जा नामक नृत्य समूहले उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए । नेपाली युवाहरूमा कोरियन पपप्रति देखिएको आकर्षणलाई महत्व दिँदै दक्षिण कोरियाले नेपाली कलाकारलाई यस किसिमका कार्यक्रममा सहभागिता जनाउने अवसर प्रदान गर्दै आएको जनाइएको छ ।
नेपाल र दक्षिण कोरियाबीच पछिल्लो समयमा जनस्तरको सम्पर्क बढ्दै जाँदा यस किसिमका सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण स्थान लिएको र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने राजदूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन