
काठमाडौँ । गायक राजेश ढकालको घाँसे भाका लोकप्रिय बनेको छ ।
ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’को २७ औँ स्थानमा रहन सफल भएको छ ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा जन्मिनुभएका लोकदोहोरी गायक ढकाल दुई दशकदेखि नेपाली लोक साङ्गीतिक क्षेत्रमा हुनुहुन्छ । उहाँका ‘रातो साडी पानबुट्टेचोली हे बैगुनी’, ‘दुई खोली दोभान’, ‘घरमाइत’, ‘नाची देउ छमछमी’लगायत दर्जनौँ गीत लोकप्रिय छन् ।
गतवर्ष पनि ढकालको असार विशेष मौलिक असारे घासे भाकामा ‘गैह्री खेतको रोपाइँ’ बोलको गीत चर्चामा थियो । ‘असार १५’ गीतमा गायिकाद्वय प्रतिमा अर्याल र सरु गौतमले साथ दिनुभएको छ ।
गीतमा संयोजन विष्णु तामाङ, मिलन श्रेष्ठ म्युजिक भिडियो निर्देशन र भिडियो सम्पादन रोशन धितालको रहेको छ । सन्कारा डिजिटलमा उक्त गीत सागर पुनले रेकर्ड गर्नुभएको छ भने कुमार पुनको ‘मिक्सिङ’ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन