
काठमाडौँ । दक्षिण कोरियाका पूर्व विपक्षी नेताका आक्रमणकारीलाई १५ वर्षको जेल सजाय तोकिएको छ ।
जनवरीमा दक्षिण कोरियाका तत्कालीन विपक्षी नेता ली जे म्युङलाई छुरा प्रहार गर्ने व्यक्तिलाई शुक्रबार १५ वर्षको जेल सजाय सुनाइएको क्षेत्रीय अदालतले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले किम उपनामले चिनिने आक्रमणकारीले समर्थक भएको नाटक गरी लीको घाँटीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट लीलाई गम्भिर चोट लागेकाले उहाँको आपतकालीन शल्यक्रिया गरिएको थियो र एक हप्ताको अस्पतालमा उपचारपछि उहाँ निको हुनुभएको थियो ।
दक्षिणी बन्दरगाह शहर बुसानमा जनवरी २ मा आयोजित एक कार्यक्रममा राजनीतिज्ञलाई पत्रकारहरूले घेरिएको बेला घाँटीमा छुरा प्रहार गरेका थिए । आक्रमणकारीलाई ‘आज १५ वर्षको जेल सजाय सुनाइएको बुसान जिल्ला अदालतका प्रवक्ता ली जे–हीले बताउनुभयो ।
आक्रमण अप्रिल १० को संसदीय चुनावभन्दा करिब तीन महिना अगाडि भएकोले किममाथि हत्याको प्रयास र निर्वाचन कानुन उल्लङ्घनको आरोप लगाइएको थियो । लीलाई ‘राष्ट्रपति बन्न’ बाट रोक्न चाहेको कारण किमले सावधानीपूर्वक आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ ।
अप्रिलको चुनावमा दक्षिण कोरियाको कन्जर्भेटिभ सत्तारुढ पार्टीलाई तत्कालीन लीको नेतृत्वमा रहेको डेमोक्र्याटिक पार्टी ९डिपी० ले हार बेहोरेको थियो । लीले अगस्टमा हुने पार्टी सम्मेलनमा फेरि डिपीको नेतृत्वका लागि व्यापक रूपमा दौड गर्ने अपेक्षा गरिएको छ ।
विगतमा धेरै उच्च–प्रोफाइल दक्षिण कोरियाली राजनीतिज्ञहरू सार्वजनिक रूपमा आक्रमण भएका छन् । लीभन्दा पहिले डेमोक्र््याटिक पार्टीको नेतृत्व गरेका सङ यङ गिललाई सन् २०२२ मा धारिलो हतियारले टाउकोमा प्रहार गरिएको थियो ।
यसैगरी सन् २०१३ मा राष्ट्रपति बनेकी पार्क ग्युन हेलाई सन् २००६ मा एउटा -यालीमा छुराले आक्रमण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन