
काठमाडौँ । मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी भएका छन् ।
क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा ३९ जना बिरामी परेको अल जजिराले शुक्रबार स्थानीय अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ । घटनाको रिपोर्टको जवाफ दिँदै अग्नि नियन्त्रण सेवाले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको जनाएको छ ।
ग्यास चुहावटका पीडितहरू चक्कर आउने वाकवाकी लाग्ने लगायतका समस्याबाट पीडित भएको स्थानीय उद्धार अधिकारी मुहम्मद नूर खैरी सामसुमिनले विज्ञप्तिमा उल्लेख गर्नुभयो । अधिकारीले एक बिरामीलाई अस्पतालमा भर्ना गरिएको र अन्य चौध जनालाई उपचारका लागि एयर डिजास्टर युनिटमा लगिएको बताएका छन् । प्रभावितहरू सबै त्यसस्थल प्रयोग गर्ने तीनवटा कम्पनीमा कार्यरत छन् ।
अधिकारीका अनुसार सार्वजनिक सुरक्षामा कुनै खतरा बढेको छैन भने घटनाले यात्रु वा उडानलाई असर पनि गरेको छैन । प्रहरीका अनुसार ९ वर्षदेखि बेवास्ता गरिएको स्किड ट्याङ्क ग्यास चुहावटको स्रोत थियो ।
मुहम्मद नूरका अनुसार चुहावट भएको ग्याँस मिथाइल मर्काप्टानको रूपमा पहिचान गरिएको थियो र तरल पेट्रोलियम ग्यासमा मिसाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन