
धरान । धरानमा आइतबार कविशिरोमणि पौड्यालको जन्मजयन्ती मनाइएको छ। धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणिको शालिकमा माल्यार्पण गरेर उहाँको १४० औँ जन्मजयन्ती मनाइएको हो ।
कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गर्नुभएको उल्लेख गर्दै उहाँले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताउनुभयो ।
कार्यक्रमका अतिथि प्रा डा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार हुन् भन्नुभयो । त्यस्तै अर्का अतिथि प्रा डा गोपाल भण्डारीले नेपाली साहित्याकासका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाउनुभएको बताउनुभयो । उहाँका कवितामा मानव जीवनका विविध पक्ष समेटिएका उहाँले बताउनुभयो । कार्यक्रममा प्रा डा खेम दाहाल, प्रा डा वंशीधर कट्टेलले कविशिरोमणिका विविध रचना वाचन गर्नुभएको थियो ।
आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उहाँको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाउने गरिएको बताउनुभयो । जन्मजयन्तीकै अवसरमा आगामी माघमा कविता प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल