
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिङफिङले बिहीबार कजाखस्तानको राजधानी अस्तानामा भएको मध्य एसिया शिखर सम्मेलनमा नेताहरूलाई बाह्य हस्तक्षेपको प्रतिरोध गर्न सुझाव दिनुभएको राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
‘हामीले बाह्य हस्तक्षेपको प्रतिरोध गर्न, एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, एकअर्काको ख्याल राख्न र हाम्रो देशको भविष्य र क्षेत्रीय शान्ति र विकासलाई दृढतापूर्वक नियन्त्रण गर्न हातेमालो गर्नु आवश्यक छ’ सीले साङ्घाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) को बैठकमा भन्नुभयो ।
मस्कोदेखि बेइजिङसम्म विशाल क्षेत्रलाई समेट्ने एससीओमा विश्वको लगभग आधा जनसङ्ख्या समावेश रहेको छ र यसको १० औँ सदस्यको रुपमा बिहीबार बेलारुसलाई स्वागत गरिएको छ ।
यस वर्षको आयोजक कजाकिस्तान, भारत, चीन, किर्गिजस्तान, पाकिस्तान, रसिया, ताजिकिस्तान, उज्बेकिस्तान र गत वर्षको आयोजक इरान यसका अन्य नौ स्थायी सदस्य हुन् । ‘एससीओ निष्पक्षता र न्यायको पक्षमा खडा हुनु विश्वका लागि अत्यन्त महत्त्वपूर्ण छ’ राष्ट्रपति सीले बताउनुभयो ।
सीले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्नुभएको थियो । छलफलका क्रममा राष्ट्रपति पुटिनले सीलाई साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताउनुभयो । एससीओको मुख्य उदेश्य सदस्य राष्ट्रहरुहरू बीच आर्थिक सम्बन्ध सुधार गर्ने र मध्य एसियामार्फत चीन र युरोपलाई जोड्ने विशाल परियोजनाको विकास गर्नु हो ।
‘हामीले विकासको अधिकारको रक्षा गर्नुपर्छ, समावेशीकरणको पालना गर्नुपर्छ, संयुक्त रूपमा प्राविधिक आविष्कारलाई बढावा दिनुपर्छ, औद्योगिक र आपूर्ति श्रृङ्खलाको स्थिरता र सहजता कायम राख्नुपर्छ, क्षेत्रीय अर्थव्यवस्थाको अन्तर्निहित शक्तिलाई प्रोत्साहित गर्नुपर्छ, र साझा विकासका लक्ष्य प्राप्तिलाई बढावा दिनुपर्छ’ सीले बिहीबार नेताहरूलाई भन्नुभयो । (रासस/एएफपी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै