
काठमाडौँ । अत्याधुनिक जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई) को प्रयोगबाट गरिएका आविष्कारहरूको अन्तर्राष्ट्रिय पेटेन्ट दर्तामा चीन अग्रणी बनेको छ ।
अन्तर्राष्ट्रिय पेटेन्ट दर्तामा चीन अग्रणी रहेसँगै यसको सङ्ख्या ६ वर्षमा आठ गुणाले बढेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । सन् २०२३ सम्मको दशकमा जेनएआई आविष्कारका लागि कुल ५४ हजार पेटेन्ट दर्ता गरिएको राष्ट्रसङ्घीय विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्युआइपिओ) ले आफ्नो नयाँ प्रतिवेदनमा जनाएको छ ।
तीमध्ये २५ प्रतिशत गत वर्ष मात्रै दर्ता गरिएको थियो । कथित जेएनएआई जसमा प्रशिक्षित कम्प्युटर प्रोग्रामहरूले सरल तरिकाले सेकेन्डभरमा भिडियो, सङ्गीतदेखि कम्प्युटर कोडसम्म सबै कुरा सिर्जना गर्दछ र यो प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि रहेको डब्ल्युआइपिओका प्रमुख डारेन टाङले भन्नुभयो ।
जेनएआई पेटेन्टले अझै पनि विश्वव्यापी रूपमा सम्पूर्ण एआई पेटेन्टको छ प्रतिशत मात्र प्रतिनिधित्व गर्दछ तर यसको सङ्ख्या द्रुत गतिमा बढिरहेको छ । डब्ल्युआइपिओका अनुसार जेएनएआई पेटेन्ट सन् २०१७ पछि आठ गुणाले बढेका छन् । ‘यो एउटा उदीयमान क्षेत्र हो’ डब्ल्युआइपिओका पेटेन्ट एनालिटिक्स प्रबन्धक क्रिस्टोफर ह्यारिसनले जेनेभामा पत्रकारहरूलाई भन्नुभयो ।
यो प्रविधिले च्याटजिपिटी र गुगलको जेमिनी जस्ता च्याटबोटको विकाससहित औद्योगिक र उत्पादनको दायरालाई फराकिलो बनाइरहेको छ । यसले औषधिको विकासका लागि नयाँ अणुहरू पत्ता लगाउनुका साथै नयाँ उत्पादनको विकास सक्षम पार्ने जस्ता काम पनि गर्नसक्छ ।
डब्ल्युआइपिओको प्रतिवेदनले अहिलेसम्म अधिकांश जेएनएआई पेटेन्ट चीनबाट दायर गरिएको थियो भनी निर्धारण गरेको छ । सन् २०१४ देखि २०२३ को बीचमा त्यस देशबाट ३८ हजारभन्दा बढी जेएनएआई आविष्कार दर्ता भएको प्रतिवेदनले देखाएको छ ।
यो संयुक्त राज्य अमेरिकाभन्दा छ गुणाले बढी हो । अमेरिकामा ६ हजार २ सय ७६ पेटेन्ट दर्ता भएसँगै दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरियामा ४ हजार १ सय ५५ र जापान तीन हजार चार सय नौ जेनएआई पेटेन्ट दर्ता हुने तेस्रो स्थानमा रहेको छ ।
एक हजार तीन सय ५० जेनएआई पेटेन्ट दर्ता गरिएको भारतमा ५६ प्रतिशतको उच्चतम औसत वार्षिक वृद्धि दर देखिएको डब्ल्युआइपिओले जनाएको छ । जेएनएआईका अधिकांश शीर्ष आवेदक चिनियाँ आविष्कार रहेका छन् । जसमा टेनसेन्ट शीर्षमा छ, त्यसपछि पिङ एन इन्स्युरेन्स, बाइदु र चाइनिज एकेडेमी अफ साइन्सेज छन् ।
आइबीएम पाँचौँ स्थानमा रहेको देखिन्छ । चीनको अलिबाबा, दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स र गुगलको मूल कम्पनी अल्फाबेट, चिनियाँ कम्पनी बाइटडान्स रहेको शीर्ष १० को सूचीमा माइक्रोसफ्टले अन्तिम स्थान लिएको छ ।
डब्ल्युआइपिओको प्रतिवेदनले अणु, जिन र प्रोटिनमा आधारित तथ्याङ्क प्रयोग गरेर जेएनएआई पेटेन्ट तीव्र गतिमा बढिरहेको पनि पत्ता लगाएको छ । सन् २०१४ देखि करिब एक हजार पाँच सय आविष्कारको पेटेन्ट दर्ता भएको यसको पाँच वर्षमा औसत ७८ प्रतिशतले वार्षिक वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै