
काठमाडौँ । म्यानमारमा बाढीमा हजारौँ बासिन्दा घरभित्रै फसेका छन् ।
उत्तरी म्यानमामा बाढीका कारण हजारौँ बासिन्दा घरभित्रै फसेका र बिजुली र फोन लाइन काटिएको स्थानीय सञ्चारमध्यमले मङ्गलबार जनाएको छ । राज्य मौसम कार्यालयले थप भारी वर्षा हुने जनाएको छ।
राज्य सञ्चारमाध्यमले उत्तरी काचिन राज्यको शहर माइटकिनामा केही दिनको भारी वर्षाका कारण अय्यारवाडी नदीमा आएको बाढीले खतरा बढेको बताएको छ ।
‘पानीको स्तर तीव्र रुपमा बढिरहेको छ। धेरै बासिन्दा अझै पनि आफ्नो घरभित्र फसेका छन् । शहर मा इन्धनको अभाव छ र उद्धारकर्ताले मोटर डुङ्गाबाट मानिससम्म पुग्न धेरै कठिनाइको सामना गरिरहेका छन्’ माइटकाइनाका एक बासिन्दाले आइतबारदेखि बिजुली र फोन नेटवर्क बन्द भएको बताउनुभयो ।
स्थानीय सञ्चारमाध्यमले प्रदर्शन गरेको तस्बिरमा बाढीका कारण डुबानमा परेका भवन र टाउकोमाथि आफ्नो सामान बोकेर बसेको ठाउँभन्दा अन्यत्रै गइरहेका बासिन्दाको दयनीय अवस्था देखाइएको छ ।
वर्षाको मौसममा सामान्यतया दक्षिणपूर्वी एशियाली देशमा महिनौँसम्म भारी वर्षा निम्त्याउछ तर मानव निर्मित जलवायु परिवर्तनले मौसमको ढाँचालाई अझ तीब्र बनाएको वैज्ञानिकहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन