
काठमाडौँ । भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ ।
इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो ।
ग्लोबल इन्डिया एआई शिखर सम्मेलन २०२४ ले विज्ञान, उद्योग, नागरिक समाज, सरकार, अन्तर्राष्ट्रिय सङ्गठन र शिक्षाविद्लगायत विभिन्न क्षेत्रका हितग्राहीका लागि महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ ।
सम्मेलनले प्रमुख एआई मुद्दाहरू छलफल गर्न, अन्तरदृष्टि साझा गर्न र एआई इकोसिस्टमले सामना गर्ने चुनौतिलाई सम्बोधन गर्नेछ ।
शिखर सम्मेलनको आयोजनाबाट भारतले सुरक्षित समाजका लागि फाइदाजनक उन्नत प्रविधिमा ध्यान केन्द्रित गर्दै विश्वव्यापी एआई समुदायमा एक सक्रिय खेलाडीको रूपमा आफ्नो भूमिकालाई पुनः पुष्टि गरिरहेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (जिपिएआई) मा ग्लोबल पार्टनरसिपको प्रमुख अध्यक्षको रूपमा भारतले विश्वसनीय एआई अभ्यासहरूमा जिपिएआईको प्रतिवद्धतालाई अगाडि बढाउन सदस्य देशहरू र विशेषज्ञहरूको आयोजना गर्न तयार छ ।
शिखर सम्मेलनको उद्देश्य एआई डोमेनमा नेतृत्व गर्ने भारतको क्षमता प्रदर्शन गर्नु हो र एआई लाभमा सबैको पहुँच सुनिश्चित गर्ने देशको लक्ष्यलाई जोड दिई राष्ट्रको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउनु हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन