
काठमाडौँ । नृत्यकला प्रस्तुत गर्ने उद्देश्यले सिनामङ्गलमा ‘नव्य नाचघर’ सञ्चालन हुने भएको छ । एस्थेटिक डान्स स्टुडियोले नाचघर सञ्चालन गर्न लागेको हो ।
डान्स स्टुडियोका प्रमुख नम्रता केसीले असार २१ गते ‘प्रेमारम्भ’ शीर्षकमा नृत्यनाटिका प्रस्तुत गरेर नाचघरको उद्घाटन गरिने जानकारी दिनुभएको छ । प्रेमारम्भको निर्देशन र नाट्य परिकल्पना केसी आफैले गर्नुभएको छ । भारतको लखनउबाट कत्थक नृत्य विधामा स्नातकोत्तर गर्नुभएकी उहाँले नृत्य प्रशिक्षण गराउँदै आउनुभएको छ । नृत्यकला प्रस्तुत गर्ने उपयुक्त स्थानको अभाव भएकाले नाचघर स्थापना गर्न लागेको उहाँले बताउनुभयो ।
कत्थक पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको भारतीय शास्त्रीय नृत्य विधा हो । उहाँका अनुसार मनोरञ्जनका विभिन्न क्षेत्रमध्ये, नाटक, फिल्म, साहित्य विधा जस्तै पछिल्लो समय कत्थक नृत्यमा युवाको आकर्षण बढ्दोछ । नाटकको नियमित मञ्चन भएझैँ अबदेखि नाचघरले नियमित रुपमा नृत्यकला प्रस्तुत गर्ने जनाएको छ । ‘हरेक शुक्रबार र शनिबार नृत्यको नियमित शृङ्खला शुरु गर्ने भएका छौँ’ उहाँले भन्नुभयो– जहाँ कत्थक र अन्य नृत्य शैली प्रस्तुत गर्नेछौँ ।ण्┌ उद्घाटनको दिनदेखि सुरु हुने ‘प्रेमारम्भ’ नृत्यनाटिका असार २१ देखि भदौ २९ गतेसम्म मञ्चन हुनेछ ।
नाचघरमा एस्थेटिक डान्स स्टुडियोका विद्यार्थीले नृत्य देखाउनेछन् । नृत्यकार दिपीका खतिवडाले नृत्यघरको अभाव हुँदा कला प्रस्तुत गर्ने पालो नपाइने अवस्था रहेको बताउनुभयो । ‘ठूला र महँगा नाचघरमा नृत्य देखाउँदा खर्चिलो हुने भएकाले कला देखाउने ठाउँको अभाव थियो, हामी कलाकारलाई सस्तो र सुलभ नृत्यघरको अभाव छ’ उहाँले भन्नुभयो– ‘एस्थेटिक डान्स स्टुडियोले नृत्यघर खोलेर कलाकारको प्रतिभा फुल्ने मन्दिर दिएको महशुस भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन