
काठमाडौँ । दोहा वार्तामा अफगानिस्तानका आन्तरिक मुद्दामा छलफल नहुने भएको छ ।
अफगान्स्तानको विषयमा हुन लागेको दोहा सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ नेतृत्वको बैठकअघि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानका आन्तरिक मुद्दामा छलफल नहुने र राष्ट्रका आन्तरिक मुद्दा कुनै पनि हिसाबले संयुक्त राष्ट्रसङ्घको विषय नभएको बताउनुभएको छ ।
तेस्रो दोहा बैठक जुन ३० देखि जुलाई १ सम्म कतारमा हुनेछ । मुजाहिदका अनुसार तालिबानले दोहा शिखर सम्मेलनमा अफगानिस्तानसँग अन्तरक्रिया गर्न देशहरूलाई आमन्त्रित गरेको छ ।
‘यो बैठकमा हाम्रो सहभागिता कुनै पनि पक्षको विरुद्धमा नभई सबै पक्षहरूसँग संलग्नता हो’ तालिवान प्रतिनिधिले भन्नुभयो । ‘तेस्रो दोहा शिखर सम्मेलनमा अफगानिस्तानको आन्तरिक समस्या सम्बोधन गरिने छैन किनभने यो राष्ट्रसङ्घको नभई देशको सान्दर्भिकताको विषय हो’ उहाँले भन्नुभयो ।
मुजाहिदले केही शर्तमा तालिबानले यस सम्मेलनमा भाग लिइरहेको बताउनुभयो । तर यसबारे विस्तृत जानकारी भने दिनुभएन । संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानप्रति साझा अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न मे २०२३ मा दोहामा तालिबान बिना पहिलो अफगानिस्तान सम्मेलन आयोजना गरेको थियो । यस वर्षको फेब्रुअरीमा कतारको दोहामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दोस्रो अफगानिस्तान सम्मेलन आयोजना गर्नुभएको होे ।
राजनीतिक तथा शान्ति निर्माण मामिलाका लागि उपमहासचिव रोजमेरी डिकार्लोले मे १८ देखि २१ सम्म अफगानिस्तानको भ्रमण गर्नुभएको थियो । फेब्रुअरी २०२० मा संयुक्त राज्य अमेरिका र तालिबानले मे २०२१ सम्म अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । अप्रिल २०२१ मा नेटोका विदेश र रक्षामन्त्रीले केही महिनाभित्र अफगानिस्तानबाट सबै सहयोगी सेना फिर्ता लिने निर्णय गरेका थिए ।
अमेरिका र नेटो सेनाले देशबाट फिर्ता हुने घोषणा गरेपछि तालिबानले प्रमुख शहरमा आक्रमण शुरु गरे थियो । एक साताभन्दा कम समयमा तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये सातवटा कब्जा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै