
काठमाडौँ । भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले टी २० विश्वकपको फाइनल नै उनको टी २० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताए ।
रोहित शर्माले पत्रकार सम्मेलनमा भने, यो मेरो अन्तिम प्रतिस्पर्धा गियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ । रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । पूरा प्रतियोगिता अपराजित रहेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएको हो ।
विराटले पनि लिए टी-२० बाट संन्यास
भारतीय स्टार क्रिकेटर विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन् । भारतले विश्वकप उपाधि जितेसँगै कोहलीले संन्यासको घोषणा गरेका हुन् । विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन रह्यो । दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए । उनी प्लेयर अफ द म्याचसमेत चुनिए ।
कोहलीले भने, यो मेरो आखिरी टी २० विश्वकप थियो । हामी यही हासिल गर्न चाहन्थ्यौँ । एकदिन तपाईंलाई लाग्न सक्छ कि तपाईं रन बनाउन सक्नुहुन्छ तर यस्तै केही हुन्छ । भगवान् महान् छन् । यो अहिले र कहिल्यै पनि नहुने स्थिति हो । मैले भारतका लागि अन्तिम टी-२० खेल खेलेको हुँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन