
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० जना विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गर्नुभएको छ ।
दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उहाँले बिहीबार ती सामग्री प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, शिक्षक, अभिभावकको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो ।
विसं २०३३ माघ १५ गते स्थापना भएको यो विद्यालयको भौतिक संरचना जीर्ण छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित विद्यालयको स्तरोन्नतिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि समाजसेवी सैँजुले व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन