
काठमाडौँ । पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने भएको छ ।
पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताउनुभएको छ ।
‘खाद्य सुरक्षा वर्तमान समयमा प्रमुख विश्वव्यापी चुनौती भएको’ उल्लेख गर्दै उहाँले पाकिस्तानले कृषिमा विशेष ध्यान दिई, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड निर्माण गरेको बताउनुभयो ।
कृषि उत्पादनमा सुधार र प्रविधि हस्तान्तरण प्रयासमा विशेष गरी चीन लगायतका देशसँगको सहकार्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन कृषि क्षेत्रमा अनुसन्धान र आधुनिक प्रविधि समावेश गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । ‘विद्यार्थीलाई चीन पठाई शीप सिकाउने र उत्पादन दोब्बर बनाउने योजना’ रहेको उहाँले उल्लेख गर्नुभयो ।
सब्सिडी र कोषको प्रावधानसहित किसानका लागि थुप्रै पहल गरिएको पनि उहाँले बताउनुभयो । बाली उत्पादनका लागि निश्चित मूल्यको ग्यारेन्टी र किसानलाई बाँकी भुक्तानी गरिने उहाँले त्यस अवसरमा प्रतिवद्धता जनाउनुभयो ।
बाँझो जमिनलाई कृषि योग्य बनाउनेसहित थप जमिनलाई खेती अन्तर्गत ल्याउने कदम लगायत किसानलाई अर्बौं रुपैयाँ ऋण प्रदान गरी नविन योजना चलिरहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन