
काठमाडौँ । युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १ .९ अर्ब युरो प्रदान गरेको छ ।
युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लडाइँ’ गर्दा चलाउनका लागि रहेको बताउनुभयो ।
उहाँले युक्रेनसँगको विलय वार्ताको उद्घाटनलाई ‘ऐतिहासिक क्षण’ को रूपमा वर्णन गर्दै किएभले ईयूमा आफ्नो ‘सही स्थान’ पाउने बताउनुभयो । जेलेनेस्कीले एक ऐतिहासिक क्षणमा आफ्नो सही स्थान पाउने बताउदै युक्रेन सुविधाअन्तर्गत अरबौँ रकम वितरण गरिने ईयू प्रमुखले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।
यसअघि ईयूले गत साता यूरोपेली समूहका सदस्य राष्ट्रहरूबाट स्वीकृति प्राप्त गरेपछि युक्रेन र मोल्दोभासँग प्रवेश वार्ता शुरु गरेको अल जजिराले जनाएको थियो । हङ्गेरीले यस कदमलाई रोक्ने प्रयास गरेपनि गत साता समूहका २७ सदस्यहरूको सम्झौता सुरक्षित भएको थियो । टर्की र धेरै पश्चिमी बाल्कन राज्यले विलय प्रक्रियामा वर्षौं बिताएका हुनाले वार्ताले अन्ततः ईयू सदस्यतामा लैजाने सुनिश्चितता भने गरेको छैन । वार्ताले जारी रुस र–युक्रेनको द्वन्द्वले युरोपेली सङ्घको सदस्यता विस्तार गर्ने प्रयासलाई पुनः र्जीवित भने गरेको छ ।
युक्रेनले आक्रमणको लगत्तै पछि सन् २०२२ फेब्रुअरीमा समूहमा सामेल हुने आफ्नो इच्छा दर्ता गरेसंगै छिमेकी मोल्दोभा नजिकबाट पछि लागेको छ । वार्ता शुरु गर्न हस्ताक्षर गर्नुभन्दा पहिले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभयो– ‘यो साँच्चै ऐतिहासिक क्षण भएको र युक्रेन सधैँ एकतावद्ध युरोपको हिस्सा भएको र रहनेछ ।’
देशहरूमा कानूनले पहिले नै ईयू मापदण्ड पालना गरेको र अझ कति काम अगाडि छ भनेर स्क्रिनिङ गर्ने प्रक्रियाबाट प्रवेश वार्ताको शुरुवात भएको छ । त्यसपछि इयुले करदेखि वातावरणीय नीतिसम्म ३५ वटा विषयमा वार्ताका लागि सर्तहरू राख्न शुरु गर्नुपर्छ । अल जजिराका अनुसार, हङ्गेरीले युरोपेली सङ्घको घुमाउरो अध्यक्षता गर्ने आगामी ६ महिनामा अर्को चरणतर्फ प्रगति हुने सम्भावना छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन